काठमाडौं, माघ १६
नेपाल बंगलादेश बैंकले मेरुदण्डीय पक्षघात समूह नेपाललाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत, बुधबार कमलादी, काठमाडौँस्थित आफ्नो प्रधान कार्यालयबाट मेरुदण्डीय पक्षघात समूह नेपाललाई क्यापहरू वितरण गरेको हो । मेरुदण्डीय पक्षघात समूह नेपालले माघ १६ गते सहिद दिवसको उपलक्ष्यमा राष्ट्रिय शान्ति तथा सहिदपार्क र गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा ह्वीलचियर दौड प्रतियोगिताको आयोजनामा संलग्न सम्पूर्ण सहभागीहरूलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभूषण श्रेष्ठले सो संस्थाका संयोजक राजेन्द्र खनाल र कोषध्यक्ष झरना रानालाई मायाको चिनोस्वरूप क्यापहरू हस्तान्तरण गरेका हुुन् । यस्तो कार्यक्रममा सहभागिता जनाउँदा मेरुदण्डमा चोट लागि अपाङ्गता भएका व्यक्तिहरूलाई उत्प्रेरणा र हौसला बढ्ने हुँदा यस्ता कार्यक्रमहरूलाई प्राथमिक्ता दिई आगामी दिनहरूमा पनि निरन्तरता दिनुपर्ने बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले व्यक्त गरेका थिए ।