काठमाडौं, माघ १६
एभरेष्ट बैंकले ललितपुरको साना गाउँमा पनि शाखा विस्तार गरेको छ । हाल मुुलुकभर १० लाखभन्दा बढी सन्तुष्ट ग्राहकका साथ ९५ स्थानीय सञ्जाल, तीन एक्सटेन्शन काउन्टर, ३० राजस्व संकलन काउन्टर, एक सय २२ एटीएमसहित मजबुत सेवा प्रदान गर्दै आइरहेको बैंकले आफ्नो सेवा विस्तारको क्रमलाई निरन्तरता दिँदै ललितपुरको सानोगाउँमा ९५औं नयाँ शाखा खोलेको हो ।
बैंकले फराकिलो विश्वव्यापी सञ्जालमार्फत व्यावसायिक र कुशल बैकिङ सेवाहरू प्रदान गर्दै आइरहेको छ । बैंकले समाजमा ठूलो संख्यामा र सबै वर्गहरूलाई बैकिङ सुविधा पु-याउने प्रयासस्वरूप देशका सबै क्षेत्रहरूमा शाखा स्थापना गर्ने कोशिस गरिरहेको जानकारी दिएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका सानोगाउँमा ९५औं शाखा सोही नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्द्रकुमार नेगीले संयुक्तरूपमा शाखाको उद्घाटन गरेका हुुन् ।
बैंकको यस नयाँ शाखा उद्घाटन समारोहमा बैंकका उच्च अधिकारीहरूलगायत विभिन्न प्रतिनिधिहरू र ठूलो संख्यामा स्थानीयको समेत उपस्थितिमा रहेको थियो । सानो गाउँका बासिन्दाहरूले अब आफ्नो घर ठाँउमा शाखामार्फत आधुनिक बैंकिङ सुविधा प्राप्त गर्न सक्नेछन् । साथै ग्राहकहरूले पूर्ण बैंकिङ सुविधाको लाभ लिन पनि सक्नेछन् ।