काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा एक करोड २५ लाख १७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा १३ लाख ६४ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १७ करोड ५० लाख रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासिकमा ६७ करोड ८२ लाख ९४ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ७९ करोड १४ लाख ५७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच करोड १२ लाख ९३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ४८ लाख ८२ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव २५ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ६० करोड चार लाख २९ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ३९ करोड ४२ लाख सात हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन करोड ४८ लाख ९० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ८५ लाख नौ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव १७ प्रतिशत रहेको थियो ।