काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । साताको तेस्रो कारोवार दिन आज मंगलबार बजार परिसुचक ७९ दसमलव ७९ अंकले ओरालो लागेर २७ सय ४९ दसमलव ८५ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १६ दसमलव दुई अंकले ओरालो लागेर पाँच सय १२ दसमलव ८२ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय २५ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसबाट एक लाख छ सय ६६ पटकको कारोवारमा एक करोड १९ लाख १७ हजार ७७ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचमा आधारमा आज कुल कारोवार रकम छ अर्ब ५२ करोड ७७ लाख २९ हजार पाँच सय ४७ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहहरु मध्येमा सबै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार पुरै रातोे भएको छ ।