काठमाडौं । आईएमईले वर्ड भ्रमण विथ साइग्रेसको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रम नेपालका सातवटै प्रदेशका मुख्यमुख्य सहरहरूमा मंगलबारदेखि सुरु भई मंसिर १७ सम्म आयोजना हुने बताइएको छ ।
वर्ड भ्रमणमा नेपालको लोकप्रिय स्टोरी टेलर साइग्रेसद्वारा श्रमका लागि विदेशमा गएका नेपाली कामदारहरुको संघर्षको कथा सँगसँगै रेमिट्यान्स रकमको सदुपयोग र यसबाट प्राप्त हुने लाभका विषयलाई कथामार्फत प्रस्तुति गर्नेछन् । कार्यक्रमको टिकेटिङ्ग पार्टनर ‘आइएमई पे’ रहेको छ भने आतिथ्य पार्टनर रोडहाउस क्याफे रहेको छ ।
साथै एडुकेसन पार्टनर टेक्सस कलेज अफ म्यानेज्मेन्ट र आइटी रहेको छ भने मिडिया पार्टनर रुटिन अफ नेपाल बन्द हुने भएको छ । उक्त कार्यक्रम आईएमई लिमिटेड र आईएमई पेका आधिकारिक सामाजिक सञ्जाल पेजहरुका अतिरिक्त साइग्रेसका अफिसियल पेजहरुबाट पनि प्रसारण हुनेछन् ।