काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय जनगणना प्रारम्भ भएकोले यथार्थ विवरण टिप्ने र टिपाउने कार्यमा योगदान गर्न जनप्रतिनिधि, सामाजिक संघसंस्था एवं सम्बद्ध सबैमा आह्वान गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले राष्ट्रिय जनगणना सुरु भएको अवसरमा एक सन्देश जारी गर्दै जनगणनामा सही विवरण उपलब्ध गराई आफ्ना छरछिमेक तथा परिचितलाई समेत सही विवरण टिपाउन सबैले सहयोग गर्नुपर्नेमा पनि जोड दिएकी छिन् । ठूलो परिमाणमा स्रोत, साधन तथा जनशक्ति प्रयोग हुने र तयारीका लागि समेत समय लाग्ने भएकाले जनगणनालाई महत्वपूर्ण राष्ट्रव्यापी कार्यक्रमका रूपमा सफल तुल्याउनुपर्ने उनको भनाइ छ ।