काठमाडौँ । नबिल बैंकले दराज (अनलाइन बजार) को ११.११ को अवसरमा ग्राहकहरूको लागि सुनौलो अफर ल्याएको छ । दराजसँगको साझेदरीमा यही कात्तिक २५ गतेदेखि मंसिर तीन गतेसम्म नबिल बैंकका ग्राहकहरूले डेबिट कार्डमार्फत १५ प्रतिशत छुट वा अधिकतम तीन हजार रुपैयाँसम्म क्यास ब्याक र क्रेडिट कार्डमार्फत १५ प्रतिशत छुट वा अधिकतम तीन हजार पाँच सय रुपैयाँसम्म छुट पाउन सक्नेछन् । उक्त अवसर सुरु हुन केही दिन मात्र रहेकोले नबिल बैंकको नजिकको शाखामा गई खाता खोली ग्राहकहरूले डेबिट र क्रेडिट कार्डमार्फत क्यास ब्याकअफरको लाभ लिन सक्नेछन् । सन् १९८४ मा स्थापित नबिलले हाल एक सय ३५ वटा शाखा, एक सय ८५ वटा एटीएम र एक हजार पाँच सयभन्दा बढी नबिल रेमिट एजेन्टहरूमार्फत आफ्ना ग्राहकहरूलाई समायनुकूल सेवा प्रदान गर्दै आएको छ । बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाको रूपमा काम गर्दै आएको छ । यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टि एवं आधुनिक बैंकिङ युगको सुरुवात गर्नेतर्फ केन्द्रित रहेको छ ।