काठमाडौं । नेपाल वायुसेवा निगम र विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुबीच द्विपक्षीय स्पेशल प्रोरेट एग्रिमेन्ट (एसपिए) सम्झौता भएको छ ।यसबाट एक–अर्का वायुसेवाहरुका सेक्टरहरुमा यात्रुहरुलाई सेवा प्रदान गर्न सहज हुने बताइएको छ ।

निगमले हालै सम्पन्न गरेका सम्झौताहरुबाट युरोपका विभिन्न सहरहरु, अष्ट्रेलियाको सिड्नी, दक्षिण कोरियाको सिओल, कुवेत र बहराइनमा यस प्रकारको सेवा प्रदान गर्न सकिनेछ ।