काठमाडौं । प्रभु बैंकले १२ प्रतिशत लाभांश वितरण गर्नेभएको छ । बैंकको यही कात्तिक २३ गते बसेको सञ्चालक समितिको दुई सय २८औँ बैठकले बैंकको २०७८ असार मसान्तसम्ममा कायम रहेको चुक्ता पुँजी ११ अर्ब ३४ करोड ७० लाख ५७ हजार दुई सय ९९ रुपैयाँमध्येबाट १२ प्रतिशतले हुनआउने एक अर्ब ३६ करोड १६ लाख ४६ हजार आठ सय ७६ रूपैयाँबराबरको बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।
यसैगरी बैंकले कर प्रयोजनको लागि शून्य दशमलव ६३ प्रतिशत अर्थात् सात करोड १६ लाख ६५ हजार छ सय २५ रूपैयाँबराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको बैठकले गरेको उक्त निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।