काठमाडौं । सेयर बजार पुन करेक्सन देखिएको छ । अघिल्लो दिन ६९ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको चौथो कारोवार दिन आज बुधबार पनि १६ दसमलव ९५ अंकले उकालो लागेर २८ सय एक दसमलव ५२ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दसमलव ९८ अंकले उकालो लागेर पाँच सय २५ दसमलव ४४ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय २४ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसअन्तर्गत ७७ हजार पाँच सय १८ पटकको कारोवारमा एक करोड १९ लाख ४३ हजार आठ सय ५९ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल सेयर कारोवार रकम सात अर्ब ३७ करोड ९४ लाख ४६ हजार आठ सय २० रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहहरु मध्ये सात वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् भने छ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।