काठमाडौं । यसअघि लगातार उकालो लागेको सेयर बजार परिसुचक साताको अन्तिम कारोवार दिन आज बिहिबार भने ओरालो लागेको छ । आज बजार परिसुचक ३२ दसमलव ३९ अंकले ओरालो लागेर २७ सय ६९ दसमलव १३ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दसमलव ४३ अंकले ओरालो लागेर पाँच सय २२ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २४ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसअन्तर्गत ७० हजार ३७ पटकमा ९८ लाख ६२ हजार नौ सय ४० कित्ता सेयर किबनबेच भएका छन् ।
सोही किनबेचका आधारमा आज कुल सेयर कारोवार रकम छ अर्ब २७ करोड १८ लाख ६७ हजार दुई सय ३० रुपैयाँ पुग्न सफल भएको छ । नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा सबै उपसमुहरुको सुचक घटेर सेयर बजार पुरै रातो भएको छ ।