काठमाडौं, माघ १७
सानिमा बैंक लिमिटेडले श्री पञ्चमी (सरस्वती पूजा)को उपलक्ष्यमा आफ्ना ग्राहकहरूलाई विशेष योजनास्वरूप विभिन्न छुट प्रदान गर्ने भएको छ । बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकहरूलाई लक्षित गर्दै दुई दिनको लागि डेबिट कार्ड र मोबाइल बैंकिङ सेवामा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ । साथै ग्राहकहरूले दुवै सुविधा एकैसाथ उपभोग गर्दा एक सय रूपैयाँको नेपाल टेलिकम वा एनसेलको टपअप पाउनेछन् । यस योजना माघ १६ र माघ १७, २०७६ का लागि लागू गरिएको छ । यो योजना विद्यार्थी वर्गलाई मात्र लक्षित हुनेछ र सुविधा लिन आउँदा ग्राहकले विद्यार्थी परिचयपत्र पेश गर्नु पर्नेछ । यो योजनाका लागि नाबालकको हकमा भने प्रचलित निर्देशनअनुसार गर्न सकिने बैंकले जानकारी दिएको छ ।