काठमाडौं । सामाजिक सञ्जालहरु इन्स्टाग्राम तथा फेसबुकमार्फत नाबालिका र युवतीहरुको चरित्र हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका–१२ भोटेबहाल बस्ने २० वर्षीय लव खड्गीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
खड्गीले नाबालिका र युवतीलाई साथी बनाई डर, धाकधम्की देखाई नग्न तस्बिर तथा भिडियो पठाउन लगाई दुःख हैरानी दिई सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गर्ने कार्य गरेको पाइएपछि प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीउपर जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको उक्त ब्युरोले जनाएको छ ।