काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा दुई करोड ५२ लाख ९३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा एक करोड ७६ लाख ४२ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी २६ करोड ६५ लाख ९७ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा एक अर्ब ५१ लाख २५ हजार रुपैयाँ निक्षेप संकलन गरी चारा अर्ब ५९ करोड १४ लाख ७० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा नौ करोड १८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुई करोड २० लाख रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ८० प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ८३ करोड ८५ लाख ९८ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ७६ करोड ८९ लाख ६२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा छ करोड ५८ लाख ८४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड ७१ लाख ७४ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ७४ प्रतिशत रहेको थियो ।