काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । साताको पहिलो कारोवार दिन आज आईतबार बजार परिसुचक ११ दसमलव छ अंकले ओरालो लागेर २७ सय ५७ दसमलव ५३ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आज तीन दसमलव ७५ अंकले ओरालो लागेर पाँच सय १८ दसमलव २३ बिन्दुमा झरेको छ । आज कुल १३ वटा उपसमुह अन्र्तगत दुई सय २५ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसबाट ५४ हजार छ सय ४४ पटकको कारोवारमा ७८ लाख ९४ हजार चार सय ६८ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल सेयर कारोवार रकम चार अर्ब ३५ करोड ७३ लाख नौ हजार तीन सय १९ रुपैयाँ पुग्न सफल भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहहरु मध्ये ११ वटा उपसमुहरुको सुचक ओरालो लागेका छन् भने दुई वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।