काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र सन स्टार होटलबीच सम्झौता भएको छ । सम्झौताअनुसार उक्त बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा ग्राहकहरूले १० प्रतिशत छुट पाउनेछन् । यो छुट उक्त होटलमा उपलब्ध हुने सम्पूर्ण सेवाहरूमा पाउने बैंकले जानकारी दिएको छ । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरूले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । सन स्टार होटलले भैरहवाबाट सेवाग्राहीहरूलाई गुणस्तरीय सेवा तथा सुबिधाहरू प्रदान गर्दै आइरहेको छ । बैंकले ९१ शाखा कार्यालयहरू, ८१ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।