काठमाडौं । माछापुच्छ्रे बैंक र श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा सहकारीका ग्राहकहरूका लागि डेबिट कार्डको सुरुवात गरी एउटा सुमधुर व्यापारिक सम्बन्धको स्थापना भएको छ । उक्त सहकार्यको औपचारिक कार्यक्रम नेपाल विद्युत् प्राधिकरण, रत्नपार्कको प्राङ्गणमा भएको हो । सोही कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका तर्फबाट उप कार्यकारी निर्देशक डल्लिरमण दाहाल, श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लोकेन्द्र बहादुर साउद र बैंकका तर्फबाट नायब महाप्रबन्धक सर्जु कुमार थापाले संयुक्तरूपमा औपचारिका उद्घाटन गरेका हुन् । नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरूले स्थापना गरेको यस श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाका ग्राहकहरूले यस सहकार्यको मदतले अब डेबिट कार्ड प्रयोग गर्न सक्नेछन् ।