काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले २९ दशमलव १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफामध्येबाट हाल कायम रहेको चुक्ता पुँजी ३२ करोड ४६ लाख तीन हजार चार सय ७२ रुपैयाँमध्येबाट २७ दशमलव ७० प्रतिशत अर्थात् आठ करोड ९९ लाख नौ हजार आठ सय १२ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि एक दशमलव ४६ प्रतिशतले हुन आउने ४७ लाख ३२ हजार ९५ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
लाभांश वितरणसम्बन्धी कम्पनीको यही कात्तिक चार गते बसेको सञ्चालक समितिको ७३औँ बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।