काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले ३० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी १७ करोड ६१ लाख ६९ हजार सात सय छ रुपैयाँमध्येबाट ३० प्रतिशतको अनुपातमा बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।
लाभांश वितरणसम्बन्धी उक्त घोषणा कम्पनीको आगामी वार्षिक साधारणबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । कम्पनीले यसअघि भने ३२ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव माग गर्दै राष्ट्र बैंकमा पत्र पठाएको थियो । तर राष्ट्र बैंकले ग्राहक संरक्षण कोषमा पनि रकम छुट्याउनुपर्ने भन्दै ३० प्रतिशत मात्र बोनस सेयर वितरण गर्न उक्त कम्पनीलाई अनुमति दिएको हो ।