काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन सात दसमलव नौ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको तेस्रो कारोवार दिन आज मंगलबार भने पुन ३२ दसमलव ३१ अंकले ओरालो लागेर २७ सय ३३ दसमलव १२ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि यसदिन तीन दसमलव ९८ बिन्दुले ओरालो लागेर पाँच सय १५ दसमलव ४८ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहरु अन्तर्गत दुई सय २७ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ५३ हजार सात सय ६७ पटकको कारोवारमा ७४ लाख ४८ हजार तीन सय ६६ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल सेयर कारोवार रकम चार अर्ब १६ करोड ५८ लाख ९६ हजार पाँच सय ७८ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहरुको कारोवार भएकोमा अन्य समुहको सुचक बढेर बाँकी १२ वटा समुहरुको सुचक घटेकाछन ।