काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न गरेको छ । बीमा जागरण राष्ट्रिय अभियानअन्तर्गत सुरु गरेको ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम विभिन्न मितिमा सुनसरीको हरिनगरा, मोरङको इटहरी र रौतहटको गौरमा सम्पन्न गरेको हो ।
मंसिर ५ गते इटहरी नमूना कलेजमा ५० जना विद्यार्थीको उपस्थितिरहेको उक्त कार्यक्रमको अध्यक्षता क्याम्पस चिफ डीएन न्यौपानेले गरेका थिए भने उक्त कार्यक्रममा बीमासम्बन्धी चेतनामूलक प्रशिक्षण कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले प्रदान गरेका थिए । उक्त कार्यक्रम एरिया प्रमुख शिपुजन शाहले सञ्चालन गरेका थिए ।
त्यसैगरी सोही दिन हरिनगरा माविमा करिब एक सय ५० जना जना विद्यार्थीको उपस्थिति रहेको अर्को कार्यक्रममा बीमासम्बन्धी चेतनामूलक प्रशिक्षण कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक श्री प्रशान्तराज धमलाले प्रदान गरेका थिए । उक्त कार्यक्रममा बीमाको आवश्यकता र औचित्यबारे हरिनगरा शाखा प्रमुख सञ्जय शाह तथा उप क्षेत्रीय प्रमुख हिरा निरौलाले प्रकाश पारेका थिए । कार्यक्रमका अध्यक्ष तथा प्रधान अध्यापक बलराम मण्डलले समीक्षा मन्तव्य दिएको उक्त कार्यक्रमको सञ्चालन जनजागरण जिल्ला कमिटीका संयोजक खड्ग नारायण उराँवले गरेका थिए ।
त्यसैगरी मंसिर ६ गते गौरीशंकर बहुमुखी क्याम्पस, गौर, रौतहटमा ५० जना स्नातक तहका विद्यार्थी उपस्थित कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख रमेश श्रीवास्तवले गरेका थिए । प्रमुख अथिति प्रशासकीय अधिकृत मोहन यादव रहेको उक्त कार्यक्रममा बीमाको महत्वबारे कम्पनीका गौरक्षेत्रका बजार प्रमुख राजेशकुमार शाहले प्रकाश पारेका थिए भने उक्त कार्यक्रममा बीमासम्बन्धी प्रशिक्षण क्षेत्रीय प्रमुख दिगम्बर प्रसादले प्रदान गरेका थिए ।
कम्पनीका कर्मचारी मनोज कुमार यादवले सञ्चालन गरेको उक्त कार्यक्रमका अध्यक्ष तथा प्रमुख अतिथिले उक्त कार्यक्रमको सराहना गर्दै यस कार्यक्रमले जनस्तरमा बीमाबारे बुझ्न र समाजमा रहेका बीमासम्बन्धी अन्यौललाई हटाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।