काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाले २६ दशमलव ३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफामध्येबाट हाल कायम रहेको चुक्ता पुँजीको २५ प्रतिशतको अनुपातमा ३१ करोड २८ लाख ८२ हजार सात सय ४५ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि एक दशमलव ३१ प्रतिशत अर्थात् एक करोड ६४ लाख ६७ हजार पाँच सय १२ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको यही मंसिर आठ गते बुधबार बसेको चार सय २६औँ बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।