बेइजिङ । चीनको सबैभन्दा ठूलो ‘नुनपानी ताल’ (किङ्हाई ताल) मा झण्डै एक लाख ९० हजार जलपक्षी देखिएका छन् । सिन्ह्वाका अनुसार यो वर्षमा जलमा बस्ने चराहरूको संख्यामा ३६.५ प्रतिशतले वृद्धि भएको राष्ट्रिय प्रकृति आरक्षले गरेको हिउँदे गणनाले देखाएको हो । आरक्षले २४ नोभेम्बरदेखि तालको हिउँदे गस्ती गर्दै जलचरहरूको लेखाजोखा राख्ने गर्छ ।
यस अवधिमा आरक्षमा निगरानी गरिएका ३० प्रकारका चराहरूमध्ये चीनमा दोस्रो श्रेणीको राष्ट्रिय संरक्षणअन्तर्गत पाइने जंगली प्रजातिका लगभग ५६० हाँस (हुपर स्वान) हरू हिउँदको लागि तालको भ्रमण गरेका छन् ।
आरक्षको प्रशासन विभागका अनुसार गत वर्षको सोही अवधिमा रेकर्ड गरिएको संख्याभन्दा हेपर स्वानको संख्या पनि दुई सय ३० भन्दा बढीले बढेको छ । चीनको उत्तरपश्चिमी किङहाई प्रान्तमा अवस्थित यो ताल मध्य एसियाबाट भारत र पूर्वी एसियादेखि अस्ट्रेलियासम्म बसाइँ सर्ने चराहरूका लागि प्रमुख पारगमन विन्दु हो ।
यो किङ्गहाई–तिब्बत पठारमा जलपक्षीको लागि हिउँदको महत्पूर्ण घर पनि हो । हरेक वर्ष, हुपर स्वानहरू आफ्नो प्रजनन स्थल छोडेर हिउँदको लागि सेप्टेम्बर महिनाको मध्यदेखि सेप्टेम्बर महिनाको अन्तसम्म किङ्घाई तालमा उड्छन् । मार्च महिनाको अन्ततिर वा अर्को वर्षको अप्रिलमहिनाको सुरुतिर ताल नफुटेसम्म तिनीहरू ताल छोड्दैनन् ।