काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा २० करोड १९ लाख ३८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा २७ करोड ९२ लाख ८९ हजार रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब ६९ करोड ५० लाख रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा १६ अर्ब ४५ करोड ४३ लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब २८ करोड ४६ लाख ८३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ५१ करोड ४४ लाख ७८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम २० करोड ५८ लाख ३९ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ५९ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले १४ अर्ब सात लाख ९७ हजार रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ४३ करोड ३४ लाख ४७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ४३ करोड ८२ लाख ५९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ५३ करोड ४३ लाख १६ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात १२ दशमलव ८९ प्रतिशत रहेको थियो ।