काठमाडौं । सेयर बजारको उच्च गिरावटले साताको दोस्रो कारोवार दिन आज सोमबार पुन निरन्तरता पाएको छ । अघिल्लो दिन ८० अंकले ओरालो लागेको सेयर बजार परिसुचक आज पुन २१ दसमलव ४८ अंकले ओरालो लागेर २६ सय ३० दसमलव एक बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि छ अंकले ओरालो लागेर चार सय ९५ दसमलव ४५ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहरु अन्तर्गत दुई सय २८ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसअन्तर्गत ५१ हजार एक सय ३८ पटकको कारोवारमा ८२ लाख २५ हजार आठ सय २२ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कारोवार रकम चार अर्ब ८९ लाख ३७ हजार एक सय ३३ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहरुको कारोवार भएकोमा दुई वटा उपसमुहरुको सुचक बढेर बाँकी ११ वटा उपसमुहहरुको सुचक घटेका छन् ।