काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको खुद मुनाफा बढेको छ । कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा निर्जीवन बीमातर्फ एक अर्ब एक करोड ५१ लाख ६२ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ भने जीवन बीमातर्फ १५ करोड ४३ लाख ८४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा भने कम्पनीले निर्जीवन बीमातर्फ एक अर्ब ९९ लाख २० हजार र जीवन बीमातर्फ ११ करोड ६७ लाख ९१ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । हाल चुक्ता पुँजी १० अर्ब रुपैयाँ रहेको कम्पनीको चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६९ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ५८ रुपैयाँ १७ पैसा रहेको छ ।