काठमाडौं । ग्लोबल आईएमई बैंकले सेयर मूल्य समायोजन गरेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार बैंकले साताको दोस्रो कारोबार दिन सोमबार १० प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य तीन सय ३२ रुपैयाँ २० पैसा तोकेको छ । पछिल्लो पटक भने बैंकको तीन सय ६५ रुपैयाँ २० पैसामा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
बजार पुँजीकरण ८६ अर्ब ९० करोड २० लाख ९२ हजार एक सय ४७ रुपैयाँ २० पैसा पुगेको बैंकको नेप्सेमा भने एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजार छ सय रुपैयाँबराबरको २३ करोड ७९ लाख ५७ हजार पाँच सय ३६ कित्ता सेयर सूचीकृत रहेको छ ।