काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभाको आह्वान गरेको छ । संंस्थाले यही पुस सात गते काभ्रेको मिरावल रिसोर्ट धुलिखेलमा वार्षिक साधारणसभाको आह्वान गरेको हो ।
उक्त संस्थामार्फत सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा र हाल कायम रहेको चुक्ता पुँजी २८ करोड ५६ लाख २० हजार एक सय ६० रुपैयाँमध्येबाट २० प्रतिशतले हुने आउने पाँच करोड ७१ लाख २४ हजार ३२ रुपैयाँबराबरको बोनस सेयर र पाँच प्रतिशत अर्थात् एक करोड ४८ लाख ८१ हजार आठ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । संस्थाको यही मंसिर नौ गते बसेको सञ्चालक समितिको एक सय १९औँ बैठकले गरेको लाभांश वितरणसम्बन्धी निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।