काठमाडौं । महालक्ष्मी विकास बैंकले २१ दशमलव पाँच प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट हाल कायम रहेको चुक्ता पुँजी तीन अर्ब ३४ करोड २४ लाख दुई हजार सात सय २४ रुपैयाँमध्येबाट २१ दशमलव पाँच प्रतिशतको अनुपातमा ७० करोड ३६ लाख ६३ हजार सात सय ३२ रूपैयाँबराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
बैंकका अनुसार घोषित लाभांशमध्येमा २० प्रतिशत अर्थात् ६६ करोड ८४ लाख ८० हजार पाँच सय ४५ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि एक दशमलव ५२ प्रतिशत अर्थात् तीन करोड ५१ लाख ८३ हजार एक सय ८७ रुपैयाँबराबरको नगद लाभांश रहेको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको पाँच सय चारऔँ बैठकले गरेको लाभांश वितरणसम्बन्धी निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वपनमा आउनेछ ।