काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले ग्राहकलाई बीमादाबी रकम भुक्तानी दिएको छ । बैंकका अनुसार बीओके सफलता मुद्दती खाता खोली बैंकिङ कारोबार गर्दै आइरहनुभएका गोपाल खत्रीलाई दुर्घटनाजन्य पूर्ण अशक्तताबापत पाँच लाखको बीमादाबी रकम हस्तान्तरण गरिएको हो ।
उक्त खाताबाहक खत्रीको दुर्घटनामा परी पूर्ण रूपमा अशक्तता भएकाले बैंकले बीमा सेवा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग समन्वय गरी रकम हस्तान्तरण गरिएको हो ।
बैंकको लुम्बिनी प्रदेशको नेपालगञ्ज प्रादेशिक कार्यालयका प्रमुख गणेश खत्रीले बीमादाबी रकम बैंकको निक्षेप ग्राहक गोपाल खत्रीलाई हस्तान्तरण गरेका हुन् । बैंकले हाल ९१ शाखा कार्यालयहरू, ८२ एटीएम र १० एक्स्टेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको जानकारी दिएको छ ।