काठमाडौ सेयर बजार पुुन ओरालो लागेको छ । अघिल्लो दिन २१ अंकले ओरालो लागेको सेयर बजार साताको तेस्रो कारोवार दिन आज मंगलबार पुुन एक दसमलव ६४ अंकले ओरालो लागेर २६ सय २८ दसमलव ३७ बिन्दुुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने आज शुन्य दसमलव १८ अंकले उकालो लागेर चार सय ९५ दसमलव ६३ बिन्दुुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्र्तगत दुई सय २५ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएकाछन । जसबाट ४१ हजार पाँच सय ८५ पटकको कारोवारमा ६४ लाख ४७ हजार चार सय ४९ कित्ता सेयर किनबेच भएकाछन । सोही किनबेचका आधारमा आज कुल सेयर कारोवार रकम तीन अर्ब आठ करोड ९० लाख ४१ हजार नौ सय ९१ रुपैयाँमा सिमित हुुन पुुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुुल उपसमुहरु मध्ये छ वटा उपसमुहरुको सुचक उकालो लागेकाछन भने सात वटा उपसमुहहरुको सुचक ओरालो लागेकाछन ।