सोलुखुम्बु । सोलुखुम्बुको सल्लेरीमा रिपोटिङका लागि खटिएका सञ्चारकर्मी माथी मादक पदार्थ सेवन गरेका कांग्रेस कार्यकर्ताहरुले हातपात गरेका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुको सभापतिका लागि भएको निर्वाचन अन्तर्गत मतगणनाको स्थलगत रिपोटिङमा खटिएका आर्थिक राष्ट्रिय दैनिकका जिल्ला संवाददाता रमन वन र सञ्चारकर्मी सुबास दर्नालमाथी गएराती हातपात भएको हो । उनीहरुमाथी हातपात गर्नेहरुमा नेविसंघका जिल्ला उपाध्यक्ष जीवन बस्नेत, तरुणदल सचिव शेखर बस्नेत, क्षेत्रीय प्रतिनिधि प्रदिप बस्नेत, नेविसंघ माप्यदुधकोशी अध्यक्ष विभुषण राई लगायतका रहेको सञ्चारकर्मी दर्नालले बताएका छन् । उनीहरुले मादक पर्दाथ सेवन गरि मतगणना स्थल बाहिर स्थलगत रिपोटिङमा रहेका सञ्चारकर्मीमाथी आफ्नो अनतर्वार्ता लिन धम्की दिँदै आक्रमण गरेका हुन् । आक्रमणबाट रिपोटिङमा प्रयोग गरिएको माईक, रेकर्डर सहितका सामाग्रीमा पनि क्षति पुगेको दर्नालले बताएका छन् । तर सुरक्षामा खटिएका सुरक्षाकर्मी भने मुकदर्शक बनेका छन् । समाचार संकलनको क्रममा खटिएका सञ्चारकर्मीमाथी प्रहरीकै अगाडि आक्रमण भईरहँदा सुरक्षाकर्मीहरु भने रमिता हेरेर बसेका पिडितहरुको भनाई छ ।