काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडका कर्मचारीहरूले कम्प्युटर सुरक्षा दिवसको अवसरमा बैंकको नीतिअनुरूप कम्प्युटर सुरक्षामा सजग, सचेत र अपडेट रहने र कार्यस्थल तथा कर्मचारीमा सुरक्षा सचेतना फैलाउने प्रतिज्ञा गरेका छन् ।
नेपाल एसबीआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमले, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त, प्रमुख प्राविधिक अधिकृत धवल भरत दवे, प्रमुख जोखिम तथा अनुपालन अधिकृत, विष्णुदेव यादव, प्रमुख कर्जा अधिकृत, विनोद कुमार ढुंगेल र अन्य पदाअधिकारीहरूको उपस्थितिमा बैंकका सम्पूर्ण कर्मचारीहरूलाई भर्चुअल कार्यक्रममार्फत उक्त प्रतिज्ञा गराए ।
सन् १९८८ देखि विश्वभर कम्प्युटरसम्बन्धी सुरक्षा चासो जगाउने उद्देश्यले नोभेम्बर ३० तारिखका दिन ‘कम्प्युटर सुरक्षा दिवस’ मनाइँदै आएको छ ।