काठमाडौं । मुक्तिनाथ विकास बैंकले सेयर मूल्य समायोजन गरेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार बैंकले साताको चौथो कारोबार दिन बुुधबार १७ दशमलव ५७ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य पाँच सय ७१ रुपैयाँ ६४ पैसा तोकेको छ ।
पछिल्लो पटक छ सय ७२ रुपैयाँ २० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको बैंकको बजार पुँजीकरण भने ३८ अर्ब दुई करोड १९ लाख १२ हजार एक सय ५६ रुपैयाँ ८० पैसा पुगेको छ । नेप्सेमा भने बैंकको एक सय रुपैयाँ अंकित मुल्य कायम रहेको पाँच अर्ब ६५ करोड ७१ लाख ८० हजार आठ सय रुपैयाँबराबरको पाँच करोड ६७ लाख ७१ हजार आठ सय आठ कित्ता सेयर सुचीकृत रहेको छ ।