काठमाडौं । हिमालयन बैंकबाट पाकिस्तानी लगानीकर्ता बाहिरिने भएपछि व्यवस्थापनमा उसको तर्फबाट प्रतिनिनिधत्व गर्ने डेपुटी सीईओ पनि नरहने भएको छ । यसअघि डेपुटी सीईओ रहेका सुशील जोशी निवृत्त भएपछि उनको ठाउँमा उज्जवराज राजभण्डारीको बढुवा भएको छ र सीईओ अशोक राणा गत आइतबारदेखि बिदामा बसेपछि राजभण्डारी निमित्त सीईओ भएका हुन् ।