भक्तपुर । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले भक्तपुर जिल्लाको कमलविनायकस्थित शाखा कार्यालय कमलविनायक विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मंगलबार विधिवत्रूपमा उक्त शाखाको उद्घाटन गरेका हुन् ।
सो अवसरमा नगरप्रमुख सुनिल प्रजापतिले नगरपालिकालगायत सरकारी कार्यालयहरूको सरकारी कारोबार राष्ट्रिय वाणिज्य बैंकमार्फत गर्ने सोच रहेको बताए । उनले भक्तपुर जिल्ला धार्मिक, पर्यटकीय र कृषि क्षेत्रमा आधारित भएकाले सोहीअनुसारको व्यवसाय विस्तार गर्नुपर्ने बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आम नागरिकलाई आधुनिक बैंकिङ सेवा प्रवाह गर्दै जाने बताए । उनले बैंकले भक्तपुरमा उद्योग वाणिज्य संघलगायत संघसंस्था तथा व्यवसायीहरूसँग सहकार्य गर्दै अगाडि बढ्ने बताए ।