काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन पाँच दसमलव २८ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको अन्तिम कारोवार दिन आज बिहिबार भने पुन ४९ दसमलव चार अंकले ओरालो लागेर २५ सय ८४ दसमलव ६१ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि नौ दसमलव ४६ अंकले ओरालो लागेर चार सय ८७ दसमलव २७ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ३१ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जससबाट ४७ हजार आठ सय ६४ पटकको कारोवारमा ७९ लाख ३२ हजार सात सय ३१ कित्ता खरिद बिक्री भएका छन् । सोही खरिद खरिद बिक्रीका आधारमा आज कुल कारोवार रकम तीन अर्ब ४१ करोड ३५ लाख ८९ हजार एक सय २६ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहरुको सुचक ओरालो लागेर सेयर बजार रातै भएको छ ।