काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी)ले आठ दशमलव ४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफामध्येबाट हाल कायम रहेको चुक्ता पुँजी १० अर्ब ३१ करोड ४५ लाख १६ हजार छ सय ८० रुपैयाँमध्येबाट आठ प्रतिशत अर्थात् ८२ करोड ५१ लाख ६१ हजार तीन सय ३४ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ४२ प्रतिशत अर्थात् चार करोड ३४ लाख २९ हजार पाँच सय ५४ रुपैयाँराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको यही मंसिर १४ गते बसेको आठ सय ७३औँ बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।