काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले सेयर मूल्य समायोजन गरेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार साताको अन्तिम कारोबार दिन बिहीबार संस्थाले ४७ दशमलव ५० प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य ३६ सय ५८ रुपैयाँ ९८ पैसा तोकेको छ ।
पछिल्लो पटक प्रतिकित्ता पाँँच हजार तीन सय ९७ रुपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको संंस्थाको बजार पुँजीकरण सात अर्ब ९६ करोड पाँच लाख ७५ हजार रुपैयाँ रहेको छ । नेप्सेमा भने संस्थाको प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको १४ करोड ७५ लाख रुपैयाँबराबरको १४ लाख ७५ हजार कित्ता सेयर सूचीकृत रहेको छ ।