काठमाडौं, माघ १९
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले १० दशमलव २३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी ८८ करोड रुपैयाँ मध्येबाट नौ दशमलव ७५ प्रतिशतले हुन आउने आठ करोड ५८ लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ४८ प्रतिशतले हुन आउने ४२ लाख ९० हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । लाभांश वितरणका सम्वन्धमा सञ्चालक समितीको आइतबार बसेको दुई सय दुई औं बैठकले गरेको निर्णय नियमनकारी निकाय बीमा समितीको स्वीकृति एवं कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।