काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूलाई थप सेवा दिन विभिन्न व्यावसायिक संस्थाहरूसँग सम्झौता गरेको छ । बैंकले वीरगञ्जमा रहेको नारायणी सेन्ट्रल अस्पताल वीरगञ्ज प्रालिसँग र काठमाडौँमा विभिन्न शाखाहरू रहेको देव कर्नर ज्वेलरीसँग व्यावसायिक सम्झौताहरूमा हस्ताक्षर गरेको हो ।
सम्झौताअनुसार मुक्तिनाथका भिषा डेबिट कार्डवाहक ग्राहकहरूले नारायणी सेन्ट्रल अस्पतालका सेवाहरूजस्तै बेड चार्ज, रेडियोलोजी, इन्भेस्टिगेसन, डक्टर कन्सलटेसन्स जस्ता प्रक्रियाहरूमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । साथै, देव कर्नरमा पनि सम्झौतापश्चात् बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूले विभिन्न सेवामा ३० प्रतिशतसम्म छुटको फाइदा लिन सक्नेछन् । बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरू बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।