काठमाडौं । यस साता सेयर बजार परिसूचक दुई हजार पाँच सय ८४ दशमलव ६१ बिन्दुमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ८७ दशमलव २७ बिन्दुमा पुुगेर रोकिएको छ । यस साता धितोपत्र बजारमा दुई सय ३४ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार दुई लाख ४९ हजार १४ पटकको कारोबारमा तीन करोड ९८ लाख १९ हजार चार सय १९ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम १९ अर्ब आठ करोड ८७ लाख ८९ हजार नौ रुपैयाँ पुुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै एक अर्ब रुपैयाँले कम हो ।
गत साता भने धितोपत्र बजारमा दुई सय ३३ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुसार दुई लाख ६१ हजार सात सय ७३ पटकको कारोबारमा तीन करोड ७८ लाख ४० हजार एक ४६ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम २० अर्ब ४५ करोड ९५ लाख ९२ हजार एक सय ८४ रुपैयाँ पुगेको थियो । यस साता नेप्से पाँच कार्य दिन नै खुलेकोमा पहिलो, दोस्रो, तेस्रो र पाँचौँ दिन सेयर बजार परिसूचक ओरालो लागेको थियो चौथो कार्यदिन बजार परिसूचक झिनो अंकले उकालो लागेको थियो ।
जसमध्ये पहिलो दिन बजार परिसूचक ८० दशमलव २९ अंकले ओरालो लागेर दुुई हजार छ सय ५१ दशमलव ४९ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि १४ दशमलव १९ अंंकले ओरालो लागेर पाँच सय एक दशमलव ४५ बिन्दुमा झरेकोे थियो । दोस्रो दिन पनि बजार परिसूचक २१ दशमलव ४८ अंकले ओरालो लागेर दुई हजार छ सय ३० दशमलव एक बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि छ अंंकले ओरालो लागेर चार सय ९५ दशमलव ४५ बिन्दुमा झरेको थियो । तेस्र्रो दिन पनि बजार परिसूचक एक दशमलव ६४ अंकले ओरालो लागेर दुई हजार छ सय २८ दशमलव ३७ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव १८ अंंकले उकालो लागेर चार सय ९५ दशमलव ६३ बिन्दुमा चढेको थियो ।
चौथो दिन भने बजार परिसूचक पाँच दशमलव २८ अंकले उकालो लागेर दुई हजार छ सय ३३ दशमलव ६५ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ८९ अंंकले उकालो लागेर चार सय ९६ दशमलव ७४ बिन्दुमा चढेको थियो । पाँचौ दिन भने बजार परिसूचक ४९ दशमलव चार अंकले ओरालो लागेर दुई हजार पाँच सय ८४ दशमलव ६१ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि नौ दशमलव ४६ बिन्दुले ओरालो लागेर चार सय ८७ दशमलव २७ बिन्दुमा झरेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा नबिल, बैंक, महालक्ष्मी विकास बैंक आदि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा नेपाल टेलिकम, नेसनल हाइड्रोपावर कम्पनी, नबिल बैंक, आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिक, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् । नेप्सेका अनुसार यस साता नबिल बैंकको आठ प्रतिशत नबिल डिबेञ्चर २०८५ अन्तर्गतको २२ लाख सात हजार एक सय आठ युनिट सेयर नियमित कारोबारका लागि नेप्सेमा सूचीकृत भएका छन् ।