काठमाडौँ । सेयर बजार परिसुचक ओरालो लागेको छ । साताको पहिलो कारोवार दिन आज आईतबार बजार परिसुचक ७२ दशमलव ३२ अंकले ओरालो लागेर २५ सय १३ दसमलव ८७ बिन्दुमा झरेको छ । ‘क’ बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १४ दसमलव १७ अंकले ओरालो लागेर चार सय ७३ दसमलव ३५ बिन्दुुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुुई सय २६ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन । जसबाट ६० हजार ८८ पटकको कारोवारमा ८९ लाख ९० हजार आठ सय ९४ कित्ता सेयर किनबेच भएका छन । सोही किनबेचका आधारमा आज कुल सेयर कारोवार रकम चार अर्ब नौ करोड सात लाख ६५ हजार रुपैयाँ पुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार परिसुचक रातै भएको छ ।