काठमाडौं, माघ १९ नेपाल राष्ट्र बैंकले सेन्ट्रल फाइनान्सको लाभांश स्वीकृत गरेको छ । राष्ट्र बैंकले यसअघि फाइनान्स सञ्चालक समितीले प्रस्ताव गरेको सात प्रतिशत अर्थात पाँच करोड ७६ लाख ३७ हजार आठ सय ५० रुपैयाँ नगद लाभांश वितरण गर्न स्वीकृति दिएको हो । राष्ट्र बैंकद्वारा स्वीकृत लाभांश फाइनान्सको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने जानकारी दिएको छ ।