काठमाडौं, माघ १९
कामना सेवा विकास बैंकले ग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राख्दै मंगलबारदेखि हुनेगरी डबल डिपोजिट मुद्दती खाता सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार डबल डिपोजिट मुद्दतीखाता योजना अन्र्तगत ग्राहकले मुद्दती राखेको सात वर्ष दुई महिनामा दोब्बर रकम प्राप्त गर्ने छन । यस प्रकारको मुद्दतीखाता खोल्नका लागि न्यूनतम एक लाख रुपैयाँ हुनुपर्नेछ । यसैगरी बैंकले ऐभरेष्ट इन्स्योरेन्सको सहकार्यमा रु७ लाखसम्मको दुर्घटना बीमा सुविधा समेत प्रदान गर्ने हुँदा यसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने र बंैकको व्यवसाय बृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ।
बैंकले देशका विभिन्न भागहरुमा एक सय १७ वटा शाखा तथा ६२ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबिबिएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।