काठमाडौं, माघ १९
ग्लोवल आईएमई लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा सात करोड ८७ लाख १२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संंस्थाको यस्तो मुनाफा एक करोड ९६ लाख सात हजार रुपैयाँ रहेको थियो । चुक्ता पुँजी २५ करोड ९५ लाख ७५ हजार रुपैयाँ रहेको संस्थाले चालु आवको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब २० करोड ८७ लाख ९७ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब पाँच करोड ९४ लाख ९७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा १४ करोड ३७ लाख ५८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १२ करोड ३६ लाख ९१ हजार रुपैयाँ रहेको संस्थामा शून्य दशमलव ९९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा भने संस्थाले ५६ करोड ६४ लाख ९६ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब २० करोड ४४ लाख २९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच करोड १८ लाख ४७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुई करोड ९१ लाख एक हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव पाँच प्रतिशत रहेको थियो ।