काठमाडौं । विश्वकै अग्रणी बीमा कम्पनीहरूमध्ये एक, मेटलाइफले यस साता नेपालमा आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सव मनाउने भएको छ । २०५८ साल मंसिर महिनामा पहिलो पटक नेपालमा कार्य सञ्चालन गरेदेखि नै मेटलाइफले थुप्रै बीमा सेवा तथा सुविधाहरूको सुरुवात, प्रतिभा विकासमा टेवा, तथा देशभरि छरिएका धेरै मानिसहरूलाई लघुबीमामार्फत वित्तीय सुरक्षाबाट लाभान्वित गराई नेपालमा बीमा क्षेत्रको विकास र उन्नतिमा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको कम्पनीले जानकारी दिएको छ ।
‘संसार परिवर्तनशील छ र निरन्तर परिवर्तन भइरहन्छ । यस परिवर्तनशील संसारमा एउटै स्थिर कुरा भनेकोे नेपालमा बसोबास गर्ने व्यक्ति, परिवार र समुदायलाई थप आत्मविश्वासी भविष्य निर्माण गर्न मदत गर्ने मेटलाइफको प्रतिबद्धता रहेको छ ।’ मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले बताए । साथै उनले नपालमा मेटलाइफको २०औँ सफल वर्षोत्सव मनाइरहँदा आफ्नो जीवनको हिस्सा बनाउने कम्पनीका ग्राहकहरूप्रति कृतज्ञता व्यक्त गरे भने कम्पनीलाई ग्राहकहरूप्रति गुणस्तरीय सेवा तथा उत्कृष्ट अनुभव प्रदान गर्न प्रोत्साहन तथा सक्षम बनाउन सहयोग गर्ने बीमा क्षेत्रका नियामक संस्थाहरू, खटिएका कर्मचारी तथा एजेन्टहरू, तथा अन्य व्यापार साझेदारहरूलाई पनि धन्यवाद व्यक्त गरे । यसरी मेटलाइफले देशको जीवन बीमा क्षेत्रको विकासमा अग्रणी भूमिका खेल्दै आफ्ना ग्राहकहरूमाझ अझ उत्कृष्ट सुरक्षा योजनाहरूका साथै प्रविधिमय अनुभवहरूको निरन्तर विकासमा अग्रसर रहिरहने उपाध्यक्ष तथा महाप्रबन्धक श्रेष्ठले बताए ।
विगत २० वर्षमा मेटलाइफ नेपालले दुई सय ५० करोडभन्दा बढीको दाबी भुक्तानी, रोजगार तथा तालिमका अवसरहरूमार्फत ४० हजारभन्दा बढी पेसाको सिर्जना, दुई हजार करोडको जीवन बीमा कोष तथा दुई सय ७४ करोडको जगेडा कोषको स्थापना गरी वित्तीय स्थायित्व कायम गरिसकेको छ । हाल मेटलाइफले नेपालमा १४ लाखभन्दा बढी ग्राहकहरूलाई जीवन बीमा सुरक्षण प्रदान गरिरहेको जानकारी दिएको छ ।