काठमाडौं । कामना सेवा विकास बैंकले ‘कामना सेवा फुटसल कप–२०२१’ को आयोजना गर्नेभएको छ । ‘स्वास्थ्य शरीर स्वास्थ्य मस्तिष्क’ भन्ने मर्मलाई आत्मसात् गरी बैंकले पुसको दोस्रोे हप्ता पहिलो कामना सेवा फुटसल कप २०२१ प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको छ ।
बैंकको केन्द्रीय कार्यालय भवन परिसरमा आयोजित एक कार्यक्रमका बीच बैंकका सञ्चालक विश्वेश्वर सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्तरूपमा उक्त प्रतियोगिताकोे आधिकारिक रूपमा अनावरण गरी प्रतियोगिता आयोजना गर्ने घोषणा गरेका छन् । सो प्रतियोगिताको व्यवस्थापन तथा सञ्चालन खेलपाटी डट कमले गर्नेछ भने अखिल नेपाल फुटबल संघ फुटसल कमिटीमा रहनेछ ।
प्रतियोगितामा बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनीहरूलाई सहभागी गराइनेछ । संस्थाको साख बढाउन दिनरात खटिने बैंक तथा बीमा क्षेत्रका कर्मचारीहरूको स्वास्थ्य तथा निरोगिता प्रवद्र्धन गर्ने तथा संस्थाहरूबीच मैत्रीपूर्ण सम्बन्ध स्थापितर खेलमैत्री वातावरण निर्माण हुने कुरामा आफू पूर्ण विश्वस्त रहेको बैंकका सञ्चालक विश्वेश्वर सुवेदीले बताए । उक्त कार्यक्रममा बैंकका कर्मचारी, सञ्चारकर्मीहरूलगायतको उपस्थिति रहेको थियो ।