चीन । अलिबाबा ग्रुप होल्डिङ लिमिटेडले आफ्नो व्यवसाय पुनर्संरचना गर्ने घोषणा गरेको छ । कम्पनीले आफ्नो अन्तर्राष्ट्रिय र घरेलु इकमर्स व्यवसाय पुनर्संरचनाको तयारी गरेको जनाएको हो । योसँगै कम्पनीले आफ्नो सीएफओ पनि परिवर्तन गर्ने बताएको छ । नियामकीय दबाब र अर्थतन्त्रको सुस्त वृद्धिदर तथा प्रतिस्पर्धामा कमी आएपछि कम्पनीले व्यवसाय पुनर्संरचनामा जोड दिएको हो ।
यसबाहेक कम्पनीले दुईवटवा नयाँ युनिट बनाउने भएको छ । यसमा इन्टरनेशनल डिजिटल कमर्स र चाइना डिजिटल कमर्स खडा गरिनेछ । यसले कम्पनीको व्यवसाय वृद्धि हुने अलिबाबाको आशा छ । द इन्टरनेशनल डिजिटल कमर्स युनिटमा अलिएक्सप्रेसलाई समेट्नेछ । यसले खुद्रा क्रेतालाई युरोप र दक्षिण अमेरिकामा सेवा दिइरहेको छ । यसको नेतृत्व जियाङ फानले गर्नेछन् । यसअघि उनी चाइनिज रिटेल मार्केटप्लेसमा थिए । त्यस्तै चाइनिज डिजिटल कमर्स युनिटमा भने अलिबाबाका दुई मुख्य मार्केटप्लेस टीमल र ताओबाओ पर्नेछन् । यसको नेतृत्व ट्रुडी डाईले गर्ने बताइएको छ ।