काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन ३७ दसमलव १८ बिन्दुले ओरालो लागेको सेयर बजार परिसुचक साताको चौंथो कारोवार दिन आज बुधबार पनि ५३ दसमलव एक अंकले ओरालो लागेर २४ सय ५५ दसमलव ८० बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि नौ दसमलव ३४ अंकले ओरालो लागेर चार सय ६४ दसमलव ७९ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय २६ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसअन्तर्गत ४२ हजार नौ सय ४६ पटकको कारोवारमा ६५ लाख ६० हजार नौ सय ४७ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कारोवार रकम दुई अर्ब ६६ करोड ३९ लाख नौ हजार छ सय २० रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहरुको सुचक ओरालो लागेर सेयर बजार परिसुचक रातै भएको छ ।